मुख्य खवर

समाजवादी युवा मोर्चाले काठमाडौँमा विरोध प्रदर्शन


१८ माघ २०८१, शुक्रबार ००:००


काठमाडौँ, समाजवादी युवा मोर्चाले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । समाजवादी युवा मोर्चा (योङ कम्युनिष्ट लिग, युवा संगठन नेपाल, युवा संघ नेपाल र नेपाल समाजवादी युवा संघ)ले शुक्रबार काठमाडौँमा सरकारका विरुद्ध विरोध प्रदर्शन गरेको हो ।

भ्रष्टाचार, कालोबजारी र महँगीविरुद्ध तथा जनजीविकाको पक्षमा संयुक्त विरोध प्रदर्शन गरिएको मोर्चाले जनाएको छ । माइतीघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेर कोण सभामा परिणत भएको थियो । प्रदर्शनका सहभागीले सहकारी पीडितलाई न्याय, भ्रष्ट्राचार नियन्त्रणका साथै अहिलेको गठबन्धनविरुद्ध नारा लगाएका थिए ।

प्रकाशित : १८ माघ २०८१, शुक्रबार ००:००