आर्थिक

भारतीय सरकारले १२ लाख रुपैयाँसम्मको आम्दानीमा कर नलाग्ने नयाँ कर प्रणाली सुरू


१९ माघ २०८१, शनिबार ००:००


काठमाडौं, लगातार तेस्रोपटक भारतीय सरकारको नेतृत्व गरेका प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यम आर्थिक अवस्था भएकाहरूलाई विशेष प्राथमिकता दिँदै नयाँ बजेट ल्याएका छन् । भारतीय बित्तमन्त्री निर्मला सीतारमणले शनिबार लोकसभामा २०२५ को बजेट पेश गरिन् ।

बजेटमा यसअघिको कर प्रणालीमा सुधार गर्दै १२ लाख रुपैयाँसम्मको आम्दानीमा कर नलाग्ने नयाँ कर प्रणालीको व्यवस्था गरिएको छ । भारतीय सञ्चारमाध्यमहरूले १२ लाख रुपैयाँसम्मको आम्दानीमा कर नलाग्ने व्यवस्था बजेटमा गरिएको जनाएका छन् ।

मोदी नेतृत्वको सरकारले नै यसअघि सन् २०१४ मा ल्याएको बजेटमा त्यस्तो सीमा साढे २ लाख रुपैया तथा सन् २०१९ मा ५ लाख, सन् २०२३ मा ७ लाखसम्मको सीमासम्मको रकममा करमुक्त गरिएको थियो ।
कतिपय अर्थविदहरूले यसलाई पछिल्लो एक दशकमा गरिएको सबैभन्दा ठूलो सुधारको रूपमा व्याख्या गरेका छन् । बित्तमन्त्रीका रूपमा निर्मला सीतारमणले लगातार आठौँपटक बजेट ल्याएकी हुन् ।

प्रकाशित : १९ माघ २०८१, शनिबार ००:००