गृह पृष्ठ

बबरमहलमा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप यसरी मर्मत हुँदै


१ फाल्गुन २०८१, बिहिबार ००:००


काठमाडौंको बबरमहलमा बुधबार दिउँसो विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत भइरहेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार बुधबार रातिबाटै पाइप मर्मतको काम थालिएको हो ।

उक्त पाइप फुट्दा बुधबार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो । प्राधिकरणले ड्रिलिङको काम गर्दा पाइप फुट्न पुगेको थियो । पाइप फुटेपछि करिब ४ घण्टासम्म पानी आइरहेको थियो । प्राधिकरणले उपत्यकामा विद्युत्का तारहरू व्यवस्थि तगर्न भन्दै अण्डरग्राउण्डको काम गरिरहेको छ ।

खानेपानी मन्त्री प्रदीप यादवले भने मन्त्रालय र मातहतका निकायसँग समन्वयन नगरी प्राधिकरणले काम गर्दा पाइप फुट्न पुगेको बताएका छन् । प्राधिकरणले पनि आफूहरूको गल्तीकै कारण पाइप फुटेको स्वीकार गरिसकेको छ ।

प्रकाशित : १ फाल्गुन २०८१, बिहिबार ००:००