Breaking News Post

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची


११ फाल्गुन २०८१, आइतबार ००:००


काठमाडौं, प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। सो बैठक दिउँसो १ बजे बोलाइएको छ। संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक २०८१ लाई दफाबार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा वनमन्त्री ऐन बहादुर शाहीले मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफलको प्रस्ताव पेश गर्ने संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ।

प्रकाशित : ११ फाल्गुन २०८१, आइतबार ००:००