गृह पृष्ठ

राजावादी प्रदर्शनकारीहरूले पेरिसडाँडा क्षेत्रका सवारीसाधनमा आगजनी र तोडफोड


१४ चैत्र २०८१, शुक्रबार ००:००


काठमाडौं, तीनकुने क्षेत्रबाट लखेटिएका राजावादी समूहका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित पेरिसडाँडा क्षेत्रका सवारीसाधनमा आगजनी र तोडफोड गरेका छन् । एउटा गाडीमा आगजनी र एउटा बाइकमा तोडफोड भएको हो ।

उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुसहित तीनकुने पुगेका राजावादी समूहका प्रदर्शनकारीहरू उच्छंखल गतिविधिमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको थियो । पेरिसडाँडामै एउटा मोटरसाइकलमा पनि तोडफोड भएको छ । अवस्था तनावग्रस्त बनेपछि ढुंगामुढा र तोडफोड भएको थियो ।

प्रकाशित : १४ चैत्र २०८१, शुक्रबार ००:००