गृह पृष्ठ

सत्तापक्ष र विपक्षीको चर्काचर्की, प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


१६ चैत्र २०८१, आइतबार ००:००


काठमाडौं, प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबीच केहीबेर चर्काचर्की भएपछि बैठक स्थगित भएको हो । बैठकमा सहभागी एक सांसदका अनुसार सत्तापक्षका सांसदहरूले शुक्रबारको घटनालाई लिएर विपक्षीले बैठक अवरोध गर्न नहुने बताएका थिए ।

तर, विपक्षीहरूले कुलमान घिसिङलाई बर्खास्ती गरिएको कारणबारे प्रधानमन्त्रीले संसद्मा जवाफ दिएपछि मात्रै संसद् खुल्न दिने भन्दै अवरोध गरेका हुन् । प्रतिनिधिसभा बैठक बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । आजको बैठकमा सत्ता पक्षका सांसदहरूले पनि संसद्को कारबाही अघि बढाउनुपर्ने माग गर्दै उठेका थिए ।

प्रकाशित : १६ चैत्र २०८१, आइतबार ००:००