ताजा घटना

सहकारी तथा लघुवित्त पीडितहरूले काठमाडौंमा प्रदर्शन


१७ चैत्र २०८१, सोमबार ००:००


काठमाडौं, सहकारी तथा लघुवित्त पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न सहकारी,लघुवित्त, बैंक तथा मिटरब्याजीबाट ठगिएका बचतकर्ताहरू काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरूले सहकारीमा बेथिति मच्चाउन पाइँदैन, वित्तीय माफियाहरू चाहिँदैन, जनपक्षीय मौद्रिक नीति कायम गर’ लगायतका नारासहित माइतीघरबाट बिजुलीबजारसम्म प्रदर्शन गरेका हुन् ।
उनीहरूले सहकारीमा बचत गरेको रकमको ग्याण्टी हुनुपर्ने, साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने माग गरेका थिए ।

प्रकाशित : १७ चैत्र २०८१, सोमबार ००:००