गृह पृष्ठ

अधिृकत बिना रोकिएका कर्मचारीको तलब तोक लगाइएर फुकुवा


२१ चैत्र २०८१, शुक्रबार ००:००


काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले रोकिएका कर्मचारीको तलबका लागि तोक लगाइदिएका छन् । शुक्रबार कार्यालय समय सुरु हुनासाथ गुरागाईंले कर्मचारीको तलबका लागि तोक लगाइदिएका हुन् ।

महानगरपालिकाका एक उच्च तहका कर्मचारीका अनुसार,आगामी सोमबारसम्म तलब हात पर्नेगरी गुरागाईंले शुक्रबार तोक लगाइदिएका हुन् । उहाँ (प्रमुख प्रशासकीय अधिकृत) सोमबार तलब पाउनेगरी आज तोक लगाइदिनुभएको छ,’ ती कर्मचारीले बताए ।

यसअघि गत पुस ७ गतेदेखि बिदामा बसेका गुरागाईं हिजो (बिहीबार) कार्यालय हाजिर भएका थिए । उनी हाजिर गर्न पुगेलगत्तै महानगरमा केहीबेर तनाव भएको थियो । उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो ।
तर, कर्मचारीहरूले उनलाई रोक्न नदिँदै र्काकक्षसम्म पुर्‍याएका थिए ।

गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो । यस्तो अवस्थामा आफूहरूले तलबसमेत खान नपाएको भन्दै कर्मचारीहरू आक्रोशित बनेका थिए । यस्तो अवस्थामा शुक्रबार प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले तलब लिनका लागि तोक लगाइदिएका हुन् ।

प्रकाशित : २१ चैत्र २०८१, शुक्रबार ००:००