काठमाडौँ, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गरेका छन् ।शनिवार बाह्रखरी मिडियाले काठमाडौँमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८०—०९० दशक विगतमा फालिसकेको पात्र र विषयमा छलफल गरेर बस्ने समय नरहेको जिकिर गरेका हुन् ।
उनले राजतन्त्रलाई नचाहिने, थोत्रो भएको टिप्पणी गर्दै गइसकेको कुरामा छलफल गर्न जरुरी नरहेको बताए । अबको एक दशक आइटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलब तीन गुणा कसरी बढाउने,आइटीको एन्फ्रास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय बन्नुपर्ने महामन्त्री थापाको भनाई थियो ।
थापाले भने, ‘हामी अबको ८र१० वर्ष भित्रमा कीर्तिपुरको डाँडा मात्रै होइन, त्यस्ता थुप्रै डाँडाहरूमा साथीहरूले दुई चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउन सक्छौँ भन्ने विश्वास रहेको दावी गरे । सम्भावना हामीसँग छ, तर त्यसका निम्ति सोच्नुपर्ने र सोही दिशामा काम गर्नुपर्नेछ ।
हाम्रो सुरुवात भइसक्यो,गति अलि नपुगेकोले अब गति बढाउनुपर्नेमा थापाले जोड दिए । यो हाम्रो लागि एउटा अवसर हो, कानुनमा ल्याउनुपर्ने बदलाव पनि ल्याएर अरू स्ट्रक्चरमा ल्याउनुपर्ने कुराहरू पनि ल्याऔँ भन्दै पोजेटिभ,ओपन माइन्डेड, सबै कोलाब्रेसनमा गर्ने, निजी, सरकारी भर्सेस केही पनि छैन ।
मिलेर गर्ने, हाम्रो भागमा परेको काम हामीले र तपाईँको भागमा परेको काम तपाईँले गर्ने हो । महामन्त्री थापाले अर्थतन्त्रमा अप्ठेरो परेको बेला पनि आईटी क्षेत्रले आशा देखाएको बताउँदै आईटी क्षेत्रमा नेपाललाई धेरै अवसर रहेको बताए ।











प्रतिक्रिया