काठमाडौं, पर्साको वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको हो । केही पसलहरूमा आगजनी समेत गरिएको छ ।
झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् । अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । वीरगञ्जको छपकैया क्षेत्रमा झडपको अवस्था उत्पन्न भएपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । हनुमान जयन्तीको दिन भएको झडपमा प्रदर्शनकारीले केही पसल र मोटरसाइकलमा आगजनी गरेका छन् ।











प्रतिक्रिया