Breaking News Post

बालेनले बालकुमारी क्षेत्रको कवाडी संकलन हटाए,विरोधमा ढुंगा लागेर डोजरको सिसा फुटयाे


४ बैशाख २०८२, बिहिबार ००:००


काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्मको कवाडी संकलन केन्द्र हटाएको छ । महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार आवास क्षेत्रमा रहेका कवाडी संकलन केन्द्र आज हटाइएको हो ।

पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि आज डोजर चलाइएको हो,उनले भने । त्यसका लागि महानगरपालिकाले डोजरसहित दर्जनौं नगर प्रहरी बल परिचालन गरेको छ । डोजर लगाएर भत्काएको विरोधमा कवाडी संकलन केन्द्रका दुई मजदुरहरुले ढुंगामुढा समेत गरेका छन् । ढुंगा लागेर डोजरको सिसा फुटेको छ,’अर्यालले भने । उनका अनुसार डोजरमा ढुङ्गा मुडा गर्ने दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित : ४ बैशाख २०८२, बिहिबार ००:००