काठमाडौँ, ढल निकासको पाइप फुटेर सडकमा पानी जम्दा काठमाडौँको थापाथली करिडोर क्षेत्र अस्तव्यस्त बनेको छ । जसका कारण गाडी, मोटरसाइकल, पैदल यात्रुलाई सकस परेको छ । आज (बिहीबार) दिउँसो काठमाडौँ उपत्यकामा वर्षासमेत भएको छ।
याे पनि पढनुहाेस :
काठमाडौ, बाल यौन दुरुपयोगको कसुरमा सफाइ पाएका रामबहादुर बम्जन एक महिनाअघि नै कारागार मुक्त भएको पाइएको छ । ६ चैतमा उच्च अदालत जनकपुरले बम्जनलाई सफाइ दिएपछि उनी ७ चैतको बिहान कारागार मुक्त भएको पाइएको हो ।
उच्च अदालत जनकपुरले सफाइ दिएका बेला उनी सिन्धुपाल्चोक कारागारमा थिए । करिब ८ महिनाअघि नै महोत्तरीको जलेश्वर कारागारबाट बम्जनलाई सिन्धुपाल्चोकको कारागार पठाइएको जलेश्वर कारागारका सूचना अधिकारी रवीन ठाकुर बताउँछन् ।
सिन्धुपाल्चोक कारागारमै रहेका बेला ६ चैतमा उच्च अदालत जनकपुरका न्यायाधीशद्धय नरिश्वर भण्डारी र खेम राज भट्टको इजलासले सफाइ दिएको थियो । त्यसको भोलिपल्ट नै बम्जनकी श्रीमती अदालतको फैसलाको आदेश बोकेर कारागार आएपछि ७ चैतको बिहान उनलाई छाडिएको सिन्धुपाल्चोक कारागारका निमित्त प्रशासक निरजराम दमाईंले बताए ।
रामबहादुरसँगै बाल यौन दूराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनले पनि सफाइ पाएका थिए । यसअघि जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । यसविरुद्ध उनी उच्च अदालत पुगेका थिए ।
बम्जनविरुद्ध सिन्धुपाल्चोकमा पनि मुद्दा थियो । सिन्धुपाल्चोकमा उनीविरुद्ध व्यक्ति बेपत्ता पारेको कसुरमा मुद्दा दर्ता थियो । जहाँ बम्जनका भिक्षु फुलमाया रुम्बालाई बेपत्ता पारिएको आरोप थियो ।
यो अभियोगमा उनी सुरुमा ३ लाख रुपैयाँ धरौटी माग गरिएको थियो । पछि फैसलामा २५ कात्तिकमा न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले सफाइ दिएको थियो । सिन्धुपाल्चोककै आश्रमबाट अर्का एक अनुयायी पनि वेपत्ता पारेको आरोप बम्जनमाथि छ ।
तर उक्त मुद्दा भने अदालतमा दर्ता भइसकेको छैन । अदालतमा मुद्दा हुँदा पनि बम्जन लामो समयसम्म फरार हुँदै आएका थिए । २४ पुस २०८० मा सीआईबीले बुढानिलकण्ठबाट बम्जनलाई पक्राउ गरेको थियो ।











प्रतिक्रिया