काठमाडौं, सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको माइतीघर मण्डलामा सहकारी पीडितहरूले अर्धनग्न अवस्थामा प्रदर्शन गरेका हुन् ।उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् ।
सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान नेपालको आयोजनामा माइतीघर मण्डलामा उनीहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन् । उनीहरुले ‘हाम्रो माग पूरा नभए आफूहरु नाङ्गो हुन तयार छौँ’ भन्दै नाराबाजी गरेका थिए । बचत फिर्ताको माग गर्दै पछिल्लो समय सहकारी पीडित आन्दोलित छन् । तर सरकारले उनीहरुको बचत फिर्ताको सुनिश्चितता गरेको छैन ।











प्रतिक्रिया