Breaking News Post

श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या


२३ बैशाख २०८२, मंगलबार ००:००


पोखरामा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । पोखरा १७ का ऋषिराम बरालले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेका हुन् । घरायसी झगडा परेपछि उनले श्रीमती देवीमाया पराजुलीको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

बरालकाे दुईजना श्रीमती रहेकाे र बराल कान्छी श्रीमतीसँग बस्दै अाएका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताएका छन । हत्या हुनुकाे कारण घरायसी झगडा रहेकाे उनकाे भनाइ रहेकाे छ । श्रीमतीको हत्या गरेपछि आत्महत्या गरेको अनुसन्धानले देखाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए ।

प्रकाशित : २३ बैशाख २०८२, मंगलबार ००:००