आर्थिक

नेपाली बजारमा सुन ६ सयले वृद्धि


६ जेष्ठ २०८२, सोमबार ००:००


काठमाडौं, नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ । आइतबार १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार १९ सय ४५ रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

प्रकाशित : ६ जेष्ठ २०८२, सोमबार ००:००