आर्थिक

नवनियुक्त गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट दर्ता


१० जेष्ठ २०८२, शुक्रबार ००:००


काठमाडौं, नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । योग्यता नपुगेको व्यक्तिलाई गभर्नर नियुक्त गरेको भन्दै पौडेलविरुद्ध अदालतमा रिट निवेदन पेस भएको हो।
उनीसँग योग्यता नभएकाले नियुक्ति बदर गरिनु पर्ने माग राख्दै सरकार र छनोट समितिलाई विपक्षी बनाएर रिट निवेदन पेस भएको छ।

अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको विरुद्धमा राजनीतिक स्वार्थको व्यक्तिलाई गैरकानुनी रुपमा नियुक्त गरिएको दाबी सहित रिट पेस गरेका हुन्।

प्रकाशित : १० जेष्ठ २०८२, शुक्रबार ००:००