काठमाडौं, संसद्मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्षनेताहरूको छलफल जारी रहेको छ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरू भएको हो ।
बैठक प्रतिनिधिसभाको आगामी बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रित छ । त्यसबाहेक पनि बैठकमा अर्को एउटा फरक दृष्य देखिएको छ । बैठकमा प्रधानमन्त्री कार्यालयले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बस्नका लागि एकै किसिमको कुर्सीको व्यवस्था गरिएको छ ।
यसअघि तीन नेताले भेट्दा प्रचण्ड र देउवा छेउका सोफामा दायाँ बायाँ बसेका हुन्थे भने प्रधानमन्त्री बीचमा विशेष कुर्सीमा बसेका हुन्थे । सत्ताधारी दुई दलको बैठकमा भने यस अघिदेखि नै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाका लागि विशेष कुर्सीको व्यवस्था गरिँदै आइएको छ ।
माओवादी सहित प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका बेला प्रधानमन्त्री कार्यालय प्रचण्डका लागि पनि विशेष कुर्चीको व्यवस्थापन गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत सहभागी छन्।









प्रतिक्रिया