Breaking News Post

समितिको बैठकमा चर्काचर्की,टेबल ठोकाठोक


३१ जेष्ठ २०८२, शुक्रबार ००:००


काठमाडौं, शुक्रबार विहान सिंहदरबारमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा चर्काचर्की भएको छ। समिति बैंठकमा श्रममन्त्री शरदसिंह भण्डारी र गृहमन्त्री रमेश लेखक अनुपस्थित भएको साथै दुई मन्त्रीका विषयमा छानविन हुनुपर्ने विषयमा चर्काचर्की भएको हो।

समिति सभापति अब्दुल खानले विषयबस्तुमाथि प्रष्ट पारेर सांसदहरुको धारणा माग गर्ने सिलसिलामा प्रतिपक्षी दलका सांसदहरुले विषयान्तर गर्दै टेबल ठोकेका थिए।

प्रकाशित : ३१ जेष्ठ २०८२, शुक्रबार ००:००