मनोरञ्जन

सेमे:वा टिमले हङकङ बासी धन्यवाद दिदैँ शिशेक्पा तङ्नाम मनायो


३० असार २०८२, सोमबार ००:००


असार ३०,काठमाडौँ

सिसेक्पा तङनाम बिशेष शुभकामना आदान प्रदान तथा हङकङमा चलचित्र सेमे : वा प्रदर्शनमा सहयोगी
हङकङ वासीहरूलाई धन्यवाद कार्यक्रम सम्पन्न भएको छ।

चुनिखेल स्थित नाङजङ सेकुवा कर्नर मा एक भब्य कार्यक्रमको आयोजना गरिएको थियो। प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुबेर खापुङको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिशेष अतिथी याक्थुङ मुन्चईत चोक सयङका अध्यक्ष सागर केरुङ, निर्देशक सागर सुब्बा, कलाकार प्राध्यापक इन्द्र सेर्पा, याक्थुङ लेखक संघ उपत्यका समितिका अध्यक्ष शनि लिम्बू , फक्ताङलुङ सयङका अध्यक्ष मोहन मादेन, सहित थुप्रै कलाकार,गायक गायिका, निर्देशक तथा विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो।

चलचित्र सेमे:वा गत जुन २२ हङकङमा प्रदर्शन भएको थियो उक्त प्रदशनमा महत्त्वपूर्ण साथ सहयोग पुर्याउने महानुभाव हरुलाई धन्यवाद ज्ञापन गरिएको थियो।

गत हङकङ प्रदर्शनको सहयोगीहरुमा हर्क पाहिम,
डम्बर तेम्वे,सुर्य पालुङ्वा,फुलन्देको बाउ, अर्जुन कुमार पाहिम,श्री पाहिम,देउ तेम्बे,छत्र फुरुम्बो
सम्सेर तेम्बे,धर्म पाहिम लगायतले अमुल्य साथ दिनुभएको थियो।

त्यसैगरी उक्त कार्यक्रमको प्रमुख संयोजक याक्थुङ मुन्चईत चोक सयङ हङकङ का अध्यक्ष , सुगुप चलचित्रका प्रमुख निर्माता तथा प्रस्तुतकर्ता रविन कुमार नाल्बो ,किराँत याक्थुङ चुम्लुङ हङकङ
,याक्थुङ मुन्चइत चोक सयङ हङकङ
तेहथुम हङकङ मन्च हङकङ
खाम्लालुङ हङकङ सर्म्पक मन्च हङकङ,पाहिम समाज हङकङ, तेम्बे समाज हङकङ, फुरुम्बो समाज हङकङ, खाम्लालुङ चेलीबेटी ग्रुप हङकङ,चोङवाङ समाज हङकङ ,चुङवाङ आमा समूह हङकङ ले साथ दिएका थिए ।

नाङजङ सेकुवा कर्नर को प्रमुख आयोजना र
याक्थुङ मुन्चइत चोक सयङ सह आयोजक रहेको धन्यवाद ज्ञापन तथा शुभकामना आदानप्रदान कार्यक्रमको सभाध्यक्षता गर्दै नायक तथा नाङजङ सेकुवा कर्नरका सन्चालक रुद्र पाहिमले हङकङ बासी सम्पुर्णमा धन्यवाद ब्यक्त गरेका थिए ।
प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरिक्षक चन्द्रकुबेर खापुङ,सागर केरुङ , इन्द्र सेर्पा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

यसबिचमा केक काटेर नायिका पबि तेम्बेको जन्मदिनपनि मनाईएको थियो।
कार्यक्रमको अन्त्यमा गायिका सुनिता संयक र रुक्साना लिम्बुको प्रस्तुतिले उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।

भिडियो हेर्नुहोस

 

प्रकाशित : ३० असार २०८२, सोमबार ००:००