काठमाडौं, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेकी छिन् । उनी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेकी हुन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली भने च्यासल पुगिसकेका छैनन् । दिउँसो ३ बजे भनिएको भेटवार्ता प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारणले केहीबेर पर धकेलिएको हो ।
एमालेको पोलिटब्युरो बैठकमा भण्डारीको एमालेको सदस्यता सम्बन्धी विवाद चर्को रूपमा उठेको थियो। नेताहरूले विवाद मिलाउन अध्यक्ष समेत रहेका ओलीलाई जिम्मा दिएका थिए। त्यहीबारे छलफल गर्न ओलीले भण्डारीलाई बोलाएका हुन् ।










प्रतिक्रिया