मुख्य खवर

गोदावरीमा ५५ लाखको बुद्धचित्तको दाना चोरी,६ जनालाई मुद्दा दर्ता


७ श्रावण २०८२, मंगलबार ००:००


काठमाडौं, ललितपुरको गोदावरी नगरपालिका–१० गोदामचौरमा ५५ लाख रुपैयाँ मूल्य बराबरको बुद्धचित्तको दाना चोरी भएको छ । इबकुमारी शाही केसीले लगाएको एकै रुखमा फलेका ५५ लाख रुपैयाँ मूल्य बराबरका बुद्धचित्तको दाना चोरी भएको हो ।

चोरीको आरोपमा एक नाबालकसहित ६ जनालाई मुद्दा चलाइएको छ । जसमा गोदामचौरकै अंकित बिष्ट, रमेश बिष्ट, गोदावरी–३ का दिलीप पुरी, उनका भाइ सुनिल पुरी, गोदावरी–१० खसिमार टोलका सनम तामाङ र एक नाबालक छन् ।

प्रकाशित : ७ श्रावण २०८२, मंगलबार ००:००