काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ललितपुरको भैँसेपाटीस्थित सैवु आवास क्षेत्रमा निर्माणाधीन मन्त्री क्वाटरको पश्चिमतिर ११ मिटर बाटो सुनिश्चित गर्न माग गरेको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा रास्वपा सांसद तोषिमा कार्कीले लामो समयदेखि बाटो सुनिश्चितताको माग गर्दै स्थानीय नागरिक सङ्घर्षरत रहे पनि सरकारले जबरजस्ती गर्न खोजेको आरोप लगाइन् । सांसद कार्कीले सरकारले दमनकारी शैलीमा राज्य सञ्चालन गर्न खोजिरहेको पनि बताइन् ।
उनले भनिन्, ‘यो सरकार दमनकारी शैलीमा राज्य चलाउन खोजिरहेको छ । ललितपुरको भैँसेपाटीमा तीन तिर जस्तै पश्चिमतिर पनि ११ मिटर बाटो सुनिश्चित हुनुपर्छ भनेर नागरिकहरू वर्षौँदेखि सङ्घर्षमा हुनुहुन्छ । तर हिजो अकस्मात् २०० जना सशस्त्र प्रहरी उभ्याएर साँघुरो सडकमै बाउन्ड्री वाल निर्माण गर्न खोजियो ।
जनताकै जग्गा अधिग्रहण गरेर बनाइएको मन्त्री क्वाटरमा अब फेरि ठुलो आँगन किन चाहियो रु त्यो जमिन छोड्दैमा मन्त्री क्वार्टर खुम्चिँदैनन् । तर नागरिकको बाटो पाउने अधिकार खुम्चिन्छ । सरकारको जनआकाङ्क्षा विपरीतका गतिविधिका कारण व्यवस्थामाथि खतरा उत्पन्न भएको पनि उनको भनाइ छ । दुई महिनादेखि आफूहरू आन्दोलनमा रहे पनि सरकारले संसद्लाई कठपुतली बनाएर सञ्चालन गरिरहेको टिप्पणी गरिन् ।











प्रतिक्रिया