सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नं. २ र ४ सँग जोडिने हुङ्गा खोलामा निर्माण गरिएको बेलिब्रिजमा पहिरोले क्षति पुर्याएको छ। आज बिहान देखिको अबिरल वर्षाका कारण गुंदेलपटी सडकको माथिबाट करिब ३० मिटर पहिरो खसेको हो।
उक्त पुल एपेक्स मकालु हाइड्रो पावर द्धारा निर्मित रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ । पहिरोका कारण वडा नं. ४ तर्फको पुलको भागमा क्षति पुगेको र सडक अवरुद्ध भएको खबर प्राप्त भएको छ।
उक्त जानकारी प्राप्त भएसँगै प्रहरी चौकी बुङका प्रहरी हवल्दार गंगाराम ठाकुरको कमाण्डमा टोली परिचालन गरिएको थियो।हाल बेलिब्रिजमा सवारीसाधन तथा मानिसहरूको आवतजावत पूर्ण रूपमा बन्द भएको छ। यद्यपि, अन्य मानवीय क्षति भने नभएको प्रारम्भिक रिपोर्टमा जनाइएको छ।











प्रतिक्रिया