काठमाडौँ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ । समयावधि पुगेका उपसचिवहरूलाई विभिन्न मन्त्रालय तथा निकायहरूमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
सचिव रविलाल पन्थस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो । शुक्रबार अन्तिम समयमा उनीहरूको सरुवा गरिएको हो । उनीहरु स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र अन्य जिम्मेवारीमा सरुवा भएका हुन् । मन्त्रालयले आर्थिक वर्ष सकिएपछि नियमित रुपमा कर्मचारीको सरुवा तथा पदस्थापन गर्छ । यसअघि एकै चरणमा शाखा अधिकृतहरुको सरुवा तथा पदस्थापन भएको थियो ।
https://drive.google.com/file/d/1F8t80ntxG1ojPe7cwRs-EUQuLzhz9y2m/view











प्रतिक्रिया