ताजा घटना

कुलिङ पिरियडको गडबडी छानबिन गर्न बनेको समितिले बुझाए सभामुखलाई प्रतिवेदन


२१ श्रावण २०८२, मंगलबार ००:००


काठमाडौं, संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न बनेको संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा आयोजित एक कार्यक्रमका बीच सभामुख घिमिरेलाई प्रतिवेदन बुझाइएको संसद् सचिवालयले जनाएको छ।

लामो छलफलपछि आज बिहान मात्रै समितिमा सहमति जुटेसँगै प्रतिवेदन पारित भएको थियो। प्रतिवेदनमा राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडलाई मुख्य जिम्मेवार भएको ठहर गरिएको छ ।

छानबिन समितिमा कांग्रेस सांसद जीवन परियार सभापति, कांग्रेस सांसद सुशीला थिङ सदस्य, नेकपा एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन्। यस्तै माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन्।

प्रकाशित : २१ श्रावण २०८२, मंगलबार ००:००