Breaking News Post

राष्ट्रपतिले वैदिक विधिअनुसार रक्षाबन्धन ग्रहण


२५ श्रावण २०८२, शनिबार ००:००


काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा आज वैदिक विधिअनुसार नवयज्ञोपवित (जनै) एवम् रक्षाबन्धन ग्रहण गरेका छन् ।

राष्ट्रपति पौडेलसहित प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेबाट शनिबार निर्धारित साइत अनुसार वैदिक रक्षाबन्धन ग्रहण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँगै आफन्तजनले समेत रक्षाबन्धन ग्रहण गरेका थिए ।

प्रकाशित : २५ श्रावण २०८२, शनिबार ००:००