गृह पृष्ठ

रवि लामिछानेलाई ३:१० मा बुद्ध एअरको फ्लाइटबाट काठमाडौं ल्याइदै


३२ श्रावण २०८२, शनिबार ००:००


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरेर आज दिउँसो काठमाडौं ल्याइदै छ । बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए ।

उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले केही दिन अघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यानको समेत असुरक्षा रहेको बताएपछि सरकारले उनलाई काठमाडौं सार्न तयार भएको हो । आज दिउसो ३:१० को बुद्ध एअरको फ्लाइटमा लामिछानेलाई काठमाडौं ल्याउन लागिएको कारागार विभाग श्रोतले पुष्टि गरेको छ ।

प्रकाशित : ३२ श्रावण २०८२, शनिबार ००:००