काठमाडौँ, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो समय आएपछि बदमासी गर्ने कोही पनि भाग्न नपाउने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गरेका प्रसाईंले अहिले आफ्नो दिन नआएकाले ७८ दिन हिरासतमा बसेको जिकिर गरे ।
मलाई नेपाल चाहिएको छ । नेपाली नागरिक चाहिएको छ । मलाई किन्न कोसिस गरे । त्यो दिन म नभागेको भए इन्काउन्टरमा मारिन्थे । यहाँ दलालहरूका लागि बाँच्न सजिलो रहेछ । म भाग्दिनँ भनेको थिएँ । मैले नेपालको जेल सबै देखेको छु । मेरो दिन आएपछि तिमिहरू भाग्न पाउँदैनौँ । एक दिन सर्वहारा भुँई मान्छेको दिन आउँछ’, उनले भने । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् ।
दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् । उनले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू यो निष्कर्षमा पुगेको प्रसाईंले बताएका छन् ।
‘म राजनीतिक चेत बोकेको सफल व्यवसायी हुँ । मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । राजनीतिले बिगारेको यो सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं,’ प्रसाईंले भने ।
उनले केही समयमै दलको नाम घोषणा गर्ने बताएका छन् । म लगायत हाम्रो अभियान र अभियानका साथीहरूले राजनीतिक दल खोली दलमा संलग्न हुने अठोट गरेका छौं । त्यसकारण मैले राजनीतिक शक्ति निर्माणका दल गठन गर्ने निश्चय गरेको छु,’ प्रसाईंले भने ।











प्रतिक्रिया