गृह पृष्ठ

सरकारले फेसबुक, एक्स, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय


१९ भाद्र २०८२, बिहिबार ००:००


काठमाडौं, सरकारले फेसबुक, एक्स, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले यी सामाजिक संजाललाई बन्द गर्ने निर्णय गरेको हो । यसअघि मन्त्रिपरिषदले दर्ता नहुने सामाजिक संजाल बन्द गर्ने निर्णय गरिसकेको छ । सर्वोच्च अदालतले पनि यस विषयमा परमादेश जारी गरेपछि यसको कार्यान्वयनको लागि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो।

सरकारले आजदेखि नै ती सामाजिक सञ्जाल बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। ती सामाजिक सञ्जालहरूले नेपालमा दर्ताका लागि प्रक्रिया अगाडि बढाएमा क्रमशः खोलिदिने निर्णय भएको बताइएको छ ।

प्रकाशित : १९ भाद्र २०८२, बिहिबार ००:००