Breaking News Post

एमालेको दोस्रो विधान महाधिवेशनमा प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन


२१ भाद्र २०८२, शनिबार ००:००


नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन गरिएको छ। महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा सबै प्रतिवेदन पेस भइसकेपछि दश समूह विभाजन घोषणा गरिएको हो।

सात भौगोलिक प्रदेश, उपत्यका विशेष, जनसङ्गठन र सम्पर्क समन्वय र प्रवास तथा केन्द्रीय निकाय एवं आयोजक गरी दश समूह बनाइएको छ। यी समूहले राजनीतिक, साङ्गठनिक प्रस्ताव र विधान संशोधन प्रस्ताव तथा केन्द्रीय आयोगबाट प्रतिवेदन प्रस्तुत भएको थियो। महाधिवेशन ललितपुरको गोदावरीमा जारी छ। महाधिवेशनको पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेका थिए।

प्रकाशित : २१ भाद्र २०८२, शनिबार ००:००