हेटौंडा र बाराको सीमा क्षेत्र चुरियामाईमा मंगलबार दिउँसो दुर्घटनामा परेको नेपाली सेना बोकेको ट्रक २ नम्बर राजदल गण तनुहँबाट धनुषा जाँदै गरेको खुलेको छ । २२ जना सैनिक सवार सेनाको आफ्नै ट्रक हेटौंडा उपमहानगरपालिका -१५ र सिमरा उपमहानगरपालिका-२२ मा पर्ने चुरियामाईको पूर्व-पश्चिम राजमार्गअन्तर्गत पुलबाट करिब १५ मिटर तल खसेको थियो ।
दुर्घटनामा परी १६ जना घाइते भएको र जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ । गम्भीर घाईतेहरूको हालसम्म परिचय खुलिसकेको छैन । उपसेनानी हर्ष बिक्रम अधिकारीको कमाण्डमा जाँदै गरेको को ४ वटा नेपाली सेनाको ट्रक मध्ये लु १ ग २८० नम्बरको ट्रक दुर्घटनामा परेको हो ।











प्रतिक्रिया