काठमाडौं, काठमाडौं महानगरपालिकाले जेनजी युवाको प्रदर्शनको क्रममा सिंहदरबार र सर्वोच्च अदालत जस्ता संरचना जल्दा पनि दमकल नपठाएको भन्ने आरोपको खण्डन गरेको छ । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आज बिहान पत्रकार सम्मेलन गरी सुरक्षाका कारण सबै ठाउँमा दमकल पुग्न नसकेको बताए ।
तर महानगरपालिकाको प्रयासमा विभिन्न ठाउँमा दमकलमा पानी भर्न सयौं ट्यांकर समेत पठाइएको उनले जिकीर गरे । हामीले अनुरोध गरेर, सयौं पानी ट्यांकरहरु सहयोगको रुपमा लिएर आएर, तत् ठाउँमा दमकलसँग पानी सकिएको अवस्थामा त्यहीँ पानी फिलिङ पनि गरेका थियौं,’ पाण्डेले भने, ‘त्यसमा हामी चुकेका छैनौं ।
महानगरले दमकल पठाएन भन्ने गलत कुरा हो । दमकल आफैं पनि सुरक्षित हुनुपर्ने भएकाले बाटो क्लियर होस् भन्ने हिसाबले पर्खिएको उनले बताए । त्यसको लागि नेपाली सेनासँग पटक–पटक समन्वय गरेको महानगर प्रहरी प्रमुख पाण्डेले बताए । आर्मी हेडक्वाटरको अपरेसन हेर्ने जर्साबसँग समन्वय गरेर हामीले दमकल परिचालन गरेका हौं । यसमा कोही भ्रममा नहुन म अनुरोध गर्न चाहान्छु,’ पाण्डेले भने ।











प्रतिक्रिया