विशेष

तुइन खोलामा निरन्तर खसेको पहिराे हटाउने काम सुरु


४ आश्विन २०८२, शनिबार ००:००


काठमाडौं, चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा शुक्रबारदेखि निरन्तर खसेको पहिराे हटाउने काम सुरु गरिएको छ । शनिबार दिउँसो पहिलो खस्न केही कम भएपछि अहिले हटाउने काम भइरहेको हो ।

ठूलो पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा दुईतर्फी आवागमन अवरुद्ध छ । शुक्रबार रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिकाको तुइन खोला भन्ने स्थानमा माथिबाट ठूलो पहिरो खसेको हो । ठूलो पहिरो खसेकाले शुक्रबार पन्छाउन सकिएको थिएन । राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।

प्रकाशित : ४ आश्विन २०८२, शनिबार ००:००