Uncategorized

उपत्यकाब्यापी उधौली सेवा सम्पन्न (तस्बिर सहित )


१२ कार्तिक २०८२, मंगलबार ००:००


कार्तिक ११,काठमाडौँ

विश्व शान्ती तथा मानव एकताको निमित्त उपत्यकाव्यापी बृहद उधौली सेवा,साक्मुरा वादेम्मा(गालीश्राप बहन्ती) तथा येत लाधुङ सेमी सेवा भब्य रुपले सम्पन्न भएको छ। गोकर्णेश्वर -६ जम्बुडाँडा सेतोपुल मा भब्य सेवा सम्पन्न भएको उक्त उधौली सेवामा विभिन्न क्षेत्रका बिशिष्ट ब्यक्तित्वहरु,समाजसेवी,कलाकर्मी लगायत थुप्रै श्रद्वालु भक्तजन हरुको ब्यापक उपस्थिति रहेको थियो।

 

२०८२ कार्तिक ९ गते आईतबार बिहान ७ बजेदेखि सुरु भएको सेवा साक्मुरा वादेम्मा अर्थात गालिश्राप बहन्ती बाट शुभारम्भ गरिएको थियो।

माङसेवासाबाहरु राजेन्द्र केरुङ,मद्न खालिङ,राजा माबोहाङ,छत्र खापुङ,बुद्व लिङ्खिम,सङिता थेबे, साङ्दाङगेन वारुम्साबाहरु रन बहादुर योङ्हाङ, मन माया वनेम लगायतले मुन्धुम बाचन गर्नुभएको थियो।

 


किरात माङ्सेसे हाङ्साम माङहिम समिती,
किरात साम्यो माङ्सेवासावा नेवाला पान्जुम्भो को आयोजनामा सम्पन्न भएको थियो।

 

बिगत एक दशकदेखि गुह्येश्वरी बागमती किनारमा गरिदैँ आएको उधौलीसेवा को निरन्तरता दिदैँ यस्पटक भने जम्बुडाँडामा आयोजना गरिएको हो।जहाँ उम्कारेश्वर महादेव र महागुरु फाल्गुनन्दको प्रतिमा स्थापना गरिएको थियो।

 

प्रकाशित : १२ कार्तिक २०८२, मंगलबार ००:००