Breaking News Post

सुकुमवासीलाई गास, बास र कपास माग्दै माइतीघरमा प्रदर्शन


२५ असार २०८३, बिहिबार ००:००


काठमाडौँ । काठमाडौंको माइतीघर आज पनि प्रदर्शन गरेका छन् । सुरक्षित पुनर्स्थापनाको सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूले गरेका हुन् । उनीहरूले सुरक्षित पुनर्स्थापना, भू–स्वामित्वसहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित गर्न, गास, बास र कपासको प्रत्याभूतिको माग गरेका छन् ।

उनीहरूले सरकारले पटक पटक दिएको आश्वासन कार्यान्वयन गर्दै संविधान र कानुन बमोजिम दिगो, उचित न्यायपूर्ण र मानवीय समाधान तत्काल सुनिश्चित गर्न माग गरेका छन् भने पुनर्स्थापना नै गर्ने भए घर भत्काइएको स्थान वा कानुन बमोजिम उपयुक्त स्थानमा भू–स्वामित्वसहितको स्थायी व्यवस्थापनको समेत माग गरेका छन् ।

प्रदर्शनमा उनीहरूले बोल्न दे, मानव अधिकारको प्रत्याभूति गर लगायत लेखेको प्लेकार्ड पनि बोकेका छन् ।

प्रकाशित : २५ असार २०८३, बिहिबार ००:००