पोखरा– बागलुङ् राजमार्गमा शनिबार साँझ भएको जीप दु’र्घटनामा परी दुई जनाको मृ’त्यु भएको छ भने सात जना घा’इते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनुभयो । प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा नि’धन भएको प्रहरीले जनाएको छ ।
जीपमा नौ जना सवार रहेकामा घा’इते ७ जनाको सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।पोखरा–२५ हेमजाबाट पोखरा बजारतर्फ आउँदै गरेको बा२च ७४१० नं को जीप राजमार्गको याम्दीमा सडकमा अ’नियन्त्रित भएर दु’र्घटनामा परेको थियो । जीप अ’नियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल ख’सेको बताइन्छ ।











प्रतिक्रिया