ताजा घटना

आरती वनस्पति उद्योगमा आगलागी, साढे १५ घण्टापछि आगो नियन्त्रणमा


१० फाल्गुन २०७७, सोमबार ००:००


वीरगञ्ज, बाराको जीतपुर-सिमरा उपमहानगरपालिका-९ स्थित आरती वनस्पति उद्योगमा आगलागी भएको छ । आइतबार साँझ ७ः३५ बजेबाट लागेको आगो सोमबार बिहान ११ बजेतिर मात्रै नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

ज्वलनशील पदार्थ हुने उद्योगमा भएको आगलागी नियन्त्रणमा लिन ८ वटा दमकलको प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । वीरगञ्ज महानगरपालिकाका ३ वटा, हेटौंडा, जीतपुरसिमरा, कलैया उपमहानगरपालिका, कोहल्वी नगरपालिका, नेपाल आयल निगम अमलेखगञ्जका एक-एक गरी ८ वटा वारुणयन्त्र र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार ००:००