ताजा घटना

कर्णेल चन्द्रप्रकाश चापागाईं सैनिक प्रहरीको नियन्त्रणमा


२४ असार २०७८, बिहिबार ००:००


काठमाडौं । नेपाली सेनाका कर्णेल चन्द्रप्रकाश चापागाईंलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । जंगी अड्डा स्थित सैनिक प्रहरीका हिरासतमा राखेर सेनाले उनीमाथि छानविन गरिरहेको छ ।

अनुशासन र आचरण विपरितको कसुरमा कर्णेल चापागाईंमाथि छानविन भइरहेको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले बताए । ‘छानविनको नतिजा छिट्टै आउला’सैन्य प्रवक्ता पौडेलले भने ।

कर्णेल चापागाईंमाथि शान्ति सेनामा हुदा अनियमितता गरेको आरोप छ । सिंह दल गणबाट लेबनान मिसनमा रहेका बेला उनले अनियमितता गरेको बताइएको छ ।

प्रकाशित : २४ असार २०७८, बिहिबार ००:००