ताजा घटना

अर्ध’नग्न अवस्थामा मृ’त भेटिएकी उच्च अ’दालतकी कर्मचारी विमलाको ह’त्यारा खो’जि


२९ असार २०७८, मंगलबार ००:००


उच्च अदालत विराटनगर इलाम इजलासमा मृ’त भेटिएकी विमलादेवी पराजुलीको सम्बन्धमा अ’पराधी प’हिचानमा तथ्य नजिक प्र’हरी पुगेको छ । हाल प्रमाण सङ्कलन गर्ने कार्य भइरहेको इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

सोलु’खुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया पराजुली कार्यालय परिसरमै मृ’त फे’ला परेकी थिइन् । उनी उच्च अदालत विराटनगर इलाम इजलास इलाममा कार्यालय सहयोगी पदमा केही समय अघिदेखि काम गर्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय इलामले बिहानैदेखि घ’टनाका विषयमा अनुसन्धान गरिरहेको थियो । थप ‘अनुसन्धान गर्न धरानबाट कुकुर झिकाएरसमेत अनुसन्धान गरिएको हो । कुकुर आउनुअगाडि नै प्रहरीले अभियुक्त पत्ता लगाउन करिब स’फल भए पनि कुकुरको अनुसन्धानपछि थप पहिचान र प्रमाण फेला पर्न सक्ने भन्दै भोलिसम्ममा थप अ’नुसन्धानपछि सार्वजनिक गरिने जनाइएको छ ।

यता स्थानीयवासी तथा महिला अधिकारकर्मीले छिटो दो’षी सार्वजनिक गर्न माग गरेका छन् । उनीहरुले घटनाका वि’षयमा छा’नबिन चाँ’डो हुनुपर्ने भन्दै उच्च अ’दालत अगाडि द’बाबस्वरुप नाराबाजीसमेत गरेका थिए ।

अ’र्धनग्न अ’वस्थामा फे’ला परेकी उनी अदालतकै ब’लेँसीमा घो’प्टो अ’वस्थामा फे’ला पर्नुभएको थियो । श’व प’रीक्षणका लागि बिपी को’इराला प्रतिष्ठान ध’रान पठाइनेसमेत बताइएको छ ।

प्रकाशित : २९ असार २०७८, मंगलबार ००:००