नेकपा एमालेका सांसदहरु सभामुख अग्नि सापकोटा कार्यालयमा नआएपछि सभामुखको च्याम्बरमा जारी धर्ना स्थगित गरेर हिँडेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यालयमा धर्ना दिनका लागि एमाले सांसद गोकुल बाँस्कोटा, शान्ता चौधरी, धनमाया थापा, लालबाबु पण्डितलगायतका एक दर्जन सांसद पुगेका थिए ।
तर डेढ घण्टा बढी कुर्दा पनि सभामुख नआएपछि उनीहरु धर्ना छाडेर हिँडेका हुन् । यसअघि बिहीबार पनि पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न दवाव दिँदै एमाले सांसदहरु सभामुखको कार्यकक्षमा पुगेका थिए । तर सो क्रममा एमाले सांसदहरुले सभामुखले निष्पक्ष भूमिका निर्वाह नगरेको आरोप लगाएपछि चर्काचर्की नै भएको थियो ।
https://www.facebook.com/555462847839908/videos/2964496207172297











प्रतिक्रिया