सोलुखुम्बु, हिमाली जिल्ला सोलुखुम्बुसहित धेरै ठाउँहरुमा शनिबार विहानै देखि धु’म्मिएको मौसम, मध्यन्नपछि बर्षात सुरु भयो । बर्षातकै विच माप्यदुधकोशी गाउँपालिका २ का ३० वर्षीय युवक सुमन राई मोटरसाईकलमा सल्लेरी तर्फ अघि बढे ।
ग्रामिण सडक त्यतिकै जो’खिमयुक्त नै थियो अझ निरन्तरको बर्षातले सडक ग’ले’र अत्यन्त हि’लाम्मे बनेको थियो ।बर्षात कै विचमा बासाबाट सल्लेरी तर्फ बा ५४ प ७८२९ नम्बरको २२० सिसिको पल्सर मोटरसाईकलमा नि’स्किएका सुमनले ओ’तका लागि रे’नकोटको स’हारा लिएका थिए ।
तर त्यहि रे’नकोटले अन्तत उनको ज्यानै लियो । सुमनलाई के थाहा र बर्षातको द’र्किदो झरीबाट बच्न प्रयोग गरिएको रेनकोटले नै ज्यान लिन्छ भन्ने !प्रत्यक्षद’र्शी सुकुमाया राईका अनुसार माप्यदुधकोशी गाउँपालिकाको दियाले सडक खण्ड अन्र्तगत वडा नम्बर ५ कागतेमा पुगेपछि एक्कासी उनले ओडेको रेनको’टको पछिल्लो भाग मोटर साईकलको पछाडीको चेनमा बे’रिन पुग्यो ।
रेनकोट लामो भएका कारण पछाडीको चेन तथा टायरमा बे’रियो । टाउको सहित जि’उ ढा’क्ने गरी ओ’डेको उक्त रे’नकोट बे’रिएको केहि समयमै सुमन भुईमा ढ’ले, रे’नकोड घाटीमा पा’सो लाग्दा उनको घ’टनास्थलमै मृ’त्यु भयो ।
घ’टना स्थलमा पुगेका प्रहरीका अनुसार मृ’तक सुमनको घा’टीमा रेनकोटले बे’रिएको दा’ग देखिएको छ भने शरिरका अन्य भागमा भने चो’ट छैन् । सुमनको मात्र हैन ग्रामिण भेगमा सञ्चालन हुने मोटरसाईकलमा प्रयोग हुने रे’नकोटले दु’र्घटनाको जो’खिमलाई उच्च बनाइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरिक्षक (डिएसपी) कवित कटवालले बताउँनुभयो ।
बर्षातको पानी छ’ल्न प्रयोग गरिने रे’नकोट मोटरसाईकल तथा स्कुटरको चे’न तथा टा’यरमा बे’रिदा यस्ता दु’र्घटना नि’म्तन सक्ने डिएसपी कटवालको भनाई छ । कतिपय ठाउँमा महिलाहरुले लगाएको सारि र स’ल सवारी साधनको चेन तथा टायरमा बे’रिदा पनि थुप्रै दु’र्घटनाहरु भएको उदाहरण प्र’सस्तै छन् । सवारी च’लाउदा तथा यात्रा गर्दा यस्ता विषयहरुलाई ख्या’ल गरिएन भने मानिसहरुको ज्यानै जान सक्ने डिएसपी कटवालको सुझाव छ ।











प्रतिक्रिया