मुख्य खवर

साहस उर्जा कम्पनीको शेयरमा दोब्बरको आवेदन, असोज पहिलो साता बाडफाँड


१३ भाद्र २०७८, आइतबार ००:००


सोलुखुम्बु, साहस उर्जा कम्पनीले प्रभावित जिल्लावासीका लागी खुल्ला गरेको साधरण शेयरमा दोब्बरको आवेदन परेको छ । साउन २९ गतेबाट खुल्ला गरेको शेयरमा शुक्रबार अन्तिम दिनसम्म २० हजार ८ सय ७ जनाले ६९ लाख २६ हजार ५० कित्ताको लागी आवेदन दिएको कम्पनीका अध्यक्ष हिम प्रसाद पाठकले जानकारी दिनुभयो ।

३५ लाख कित्ता अर्थात ३५ करोड बराबरको आवेदन खुलेकोमा मागभन्दा दोब्बरले ६९ करोड २६ लाख ५० हजार रकमको आवेदन परेको कम्पनीले जनाएको छ । कम्पनीले सोलखुम्बु जिल्लाका आयोजना प्रभावितका लागि कूल ३५ लाख कित्ता अर्थात् ३५ करोड बराबरको शेयर जारी गरेको थियो ।

स्थानीयको लागि छुट्टयाईएको शेयरे असोज पहिलो साताभित्र बाँडफाँट गरिने अध्यक्ष पाठकले बताउँनुभयो । स्थानीयलाई दिएको शेयर बाँडफाँट गरिसकेपछि देशैभरीको लागि ७० लाख कित्ता शेयर जारी गर्ने कम्पनीले जनाएको छ । साहस उर्जाले धितोपत्र बोर्डबाट १ करोड ५ लाख कित्ता साधारण शेयर जारी गर्न अनुमति पाएको थियो ।

जसमध्ये ३५ लाख कित्ता अर्थात ३५ करोड बराबरको शेयर प्रभावित जिल्ला सोलुखुम्बुका लागि जारी गरिसकेको छ । अब ७० लाख कित्ता अर्थात ७० करोड बराबरको आईपीओ देशभरीका सर्वसाधारणको लागि खुल्ला गर्ने पाठकले बताउँनुभयो ।

प्रकाशित : १३ भाद्र २०७८, आइतबार ००:००