मनोरञ्जन

चाप्पेती कुम्मा र रुद्र अभिनित आनी याक्थुङ्बा-४ पालाम सार्वजनिक (भिडियोसहित)


२० आश्विन २०७८, बुधबार ००:००


 २० असोज,काठमाडौ                                                                                   अहिलेका निक्कै ब्यस्त निर्देशक तथा कोरियोग्राफर दिनेश माङमुको निर्देशन तथा कोरियोग्राफीमा पालाम आनी याक्थुङ्बा ४ सार्वजनिक भएको छ।   

चापेतीको आमा अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको उक्त पालाम गीतकार नेम खापुङको शव्द संकलनमा गायक तथा संगीतकार यादन सेर्माको लय संकलन रहेको छ।

  उक्त पालाम लाई गायक सुमन लिम्बू, गायीका निरन्ता नेम्बाङ, गायीका गंगा फियाक र गायक भिम सेनेहाङ लिम्बु लगायतले  आवाज दिएका छ्न भने  भिडियोमा रुद्र पाहिम लिम्बू, पुष्पाञ्जली तिलिङ ‘चापेतीको आमा’, राज साँबा, जानु लिम्बू, हेमु स्मृति चोङबाङ, शिव कुमार सङबाङफे, रुपाञ्जली तिलिङ,पेज राज मावोहाङ, सुमन लिम्बू र पुष्पा दिवानी तिगेला लगायतले अभिनय गरेका छन् ।     

यमुना पाण्डेको शृङ्गार,बिबि लिम्बूको छायाङकन तथा सम्पादन रहेको उक्त पालामलाई पदम राजन मगर को सङ्गीत संयोजन,राजु कार्कीको मिक्सिङ साथै सुरेश राई र मनोज साङ्सोन ले रेकर्ड गरेका छ्न भने किङ स्टुडियोमा रेकर्ड गरिएको हो

पालाम यहाँ हेर्नुहोस https://youtu.be/bDcxgqSXuaU

प्रकाशित : २० आश्विन २०७८, बुधबार ००:००