२२असोज,काठमाडौ गायक भीषण मुकारुङ को नयाँ गीत ए सिम्मा सार्वजनिक भएको छ । खुर्सानी डल्ले भाग २ को रुपमा आएको उक्त ‘ए सिम्मा’को म्युजिक भिडियोमा हास्यकलाकार विल्सन बिक्रम राई, रजनी गुरुङ, विशाल लिम्बु,श्याम राई र भीषण मुकारुङले अभिनय गरेका छन् ।
दुर्लभ जन्तरे को अत्यन्तै मार्मिक शब्द रहेको ए सिम्मा लाई विशेष खालिङले संगित भरेका छन । चन्दु गोर्खालीको सङ्गीत संयोजन,बिबेक रनपयेली को रेकर्डिङ, देबेस राईले मिक्सिङ तथा मास्टरिङ गरेका छन।
एकतर्फी सिम्माको मायामा रम्न पुगेका युवक अर्कैसङ्ग बिबाह गरेर जाँदाको दु:खद क्षणलाई कुशलता पुर्वक निर्देशन पनि तक्मे बुढा आफैले गरेका हुन।
यसअघि दर्जनौं म्युजिक भिडियो एवं टेलिश्रृंखलामा समेत निर्देशन गरिसकेका राईले प्रस्तुत गीतमा दर्शकलाई एकैक्षणमा हसाउँदै रुवाएका छन ।
उक्त भिडियोमा शृङ्गार सिमा गुरुङ,कला सुजन राई ,कमल राईको कोरियोग्राफी,सिनेमाटोग्राफर बिक्रम डिसी, मनोज कार्की को सम्पादन रहेको छ।
तक्मेबुढा डट कम बाट सार्वजनिक ए सिम्मा दर्शकहरुले रुचाउने निर्माण पक्षको अपेक्षा छ।
भिडियो यहाँ हेर्नुहोला











प्रतिक्रिया