ताजा घटना

पाहुना लाग्न गएका बुढाथोकीको बन्चरो प्र’हार गरी ह’त्या


२८ पुस २०७८, बुधबार ००:००


खोटाङ घर भएका ८१ वर्षीय प्रेम बहादुर बुढाथोकी ‘सिताराम’ सोमबार साँझ मोरङको लेटाङस्थित डम्बर भुजेलको घरमा पाहुना लाग्न गएका थिए । पाहुना लाग्न गएकै घरमा उनको ह’त्या भएको छ ।

ह’त्या आरोपमा ६० वर्षीय डम्बर भुजेललाई पक्राउ गरिएको मोरङका एसपी जनार्दन जिसीले बताए । सोमबार साँझ ७ बजेतिर मदिरा सेवन गर्दा विवाद भएपछि भुजेलले बन्चरोले हिर्काएर उनको ह’त्या गरेका हुन् ।

सितारामको टाउकोमा बन्चरोले हिर्काएको चो’ट देखिएको छ । प्रारम्भिक अनुसन्धानबाट विवाद हुँदा ह’त्या गरेको देखिएको एसपी जिसीले बताए । घटनास्थल लेटाङ नगरपालिका–२ स्थित फँडानीमा पर्छ ।

प्रकाशित : २८ पुस २०७८, बुधबार ००:००