ताजा घटना

घरमै पालेको कुकुरले लियो २ हप्ताको बालकको ज्यान


३० पुस २०७८, शुक्रबार ००:००


काठमाडौं, घरमा पालेको कुकुरले टो’केर २ हप्ताका बालकको मृत्यु भएको छ । खासमा कुकुरले ती बालकलाई खेलौना सम्झेर खेलिरहेको थियो । यस क्रममा कुकुरले बालकलाई खेलौना ठानेर समात्नको लागि २३ पटक बालकको टा’उकोमा दाँ’त गा’डेको थियो ।

आश्चर्यको कुरा कुकुर यसरी खेलिरहेको बेला बालककी आमा पनि त्यही कोठामा सोफामा सुतिरहेकी थिइन् । कुकुरले टो’केर गम्भीर घाइते भएका बालक रुबेन म्याकनल्टीलाई तत्काल अस्पताल लगिएको थियो ।

२ हप्तापछि उपचारको क्रममा उनको मृत्यु भयो । इङल्याण्डको याजलेमा भएको यो घटना २०१८ सेप्टेम्बरको हो । अहिले यो घटनाबारे अदालतमा सुनुवाइ भएको हो ।

अदालतमा मृतक रुबेनका मातापिता डेनियल म्याकनल्टी र एमी लिचफिल्डसँग उनीहरुले बच्चाको विषयमा यस्तो लापरवाही किन गरे भनेर सोधिएको थियो । द सनको एक रिपोर्टका अनुसार सुनुवाइमा यो कुराको पनि खुलासा भयो कि रुबेनका मातापितालाई पहिले नै केही सामाजिक कार्यकर्ताले बच्चालाई आफ्ना दुई कुकुरहरु फिजी र डोटीको साथमा एक्लै नछोड्न चेतावनी दिएका थिए ।

१८ नोभेम्बर २०१८ का दिन एमी आफ्ना छोरा रुबेनको साथमा सोफामा सुतेकी थिइन् । डेनियल केही कामले घरबाहिर गएका थिए । जब डेनियल घर आए त्यतिबेला उनले उनका छोरामाथि उनले पालेको स्टेफेर्डशायर बुल टेरियर प्रजातिको कुकुर डोटीले आ’क्रमण गरेको देखे ।

डेनियलले तत्काल ९९९ मा फोन गरेर नेशनल इमरजेन्सी रेस्पोन्स सर्भिसलाई यसबारे जानकारी दिए । उनका अनुसार उनी घर पुग्दा उनका छोरा रोइरहेका थिए र टाउकोबाट र’गत आ’इरहेको थियो ।

प्रकाशित : ३० पुस २०७८, शुक्रबार ००:००