ताजा घटना

बिद्युत विस्तारका लागि खनिएको खा’ल्डोमा परेर फोटोग्राफर पन्थको मृत्यु


२ माघ २०७८, आइतबार ००:००


बुटवलमा मोटरसाइकल दुर्घटनामा परी कलाकार शोभाखर पन्थीको मृत्यु भएको छ। बुटवलको योगिकुटीदेखी मगरघाटतिर जाँदै गर्दा बाटोमा बिद्युत विस्तारका लागि खनिएको खा’ल्डोमा परेर पन्थीको मृत्यु भएको हो।

उनी सवार लु७०प १३५३ मोटरसाइकल शनिबार राति खा’ल्डोमा ख’सेको र बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनलाई आइतबार बिहान प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो। तर, अस्पताले उनलाई मृत घोषणा गरेको थियो।

लामो समयदेखि फोटोग्राफर र कला क्षेत्रमा क्रियाशील पन्थ सवार लु ७० प १३५३ मोटरसाइकल शनिबार राति सडकमा खनिएको खा’ल्डोमा ख’सेको प्रहरीले जनाएको छ। दुर्घटना शनिबार राति भए पनि आइतबार बिहान मात्रै मर्निङ वाकमा गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

गुल्मी घर भए पनि पछिल्लो समय रुपन्देहीको सैनामैनामा बस्दै आएका पन्थले दर्जनाैं गीत छायांकन तथा अभिनयसमेत गरेका छन्। उनका १ श्रीमती र १ सन्तान छन्। पन्थको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।

प्रकाशित : २ माघ २०७८, आइतबार ००:००