इलाम जिल्लाको नयाँ बजार घर भएका सन्दीप रसाइली आफ्नी श्रीमती मिरा रसाइली वैदेशिक रोजगारिका लागि दुबै गएर सम्पर्क बिहिन भएको भन्दै मिडियामा आएका छन । दुबई गएको १ वर्ष देखी श्रीमती सम्पर्क बिहिन भएको संदिपले बताएका छ्न ।
आजभन्दा २ वर्ष अगाडि रोजगारको सिलसिलामा २ छोरिहरु छोडेर मिरा दुबई गएको श्रीमान सन्दीपले बताएका छ्न । उनी बिदेश पुगे पछि फोन सम्पर्क गर्दा सगैँ कोठा बस्ने दिदिले गाली गर्नु हुन्छ फोन नगर्नु भन्ने गरेको सन्दीपले बताएका छ्न ।
यहाँ बसेर के गर्नु म २ वर्ष जति बिदेश बसेर आउँछु भनेर घर परिवारको सल्लाहले नै श्रीमती मिरा बिदेश गएको सन्दीपले बताएका छ्न । आफुहरुले ९ वर्ष अगाडि मागी बिबाह गरेको सन्दीपको भनाई छ ।
सम्बन्ध पनि राम्रै चलिरहेको सन्दीपले बताएका छन । पहिले पनि एकपटक मिरा भागेर अर्कै केटा सँग गएको उनले बताएका छिन । तर २ महिना पछि फेरि घर फर्केर आए पछि प्रहरी चौकी देखि गाउँ समाज सबै जना मिलेर अब यस्तो गल्ती नगर्ने भनी कबुल गताए पछि आफुले स्विकार गरेको सन्दीप बताउँछन ।
श्रीमतिले पहिले देखि नै नानिहरुको खासै वास्ता नगर्ने गरेकोले छोरिहरुले पनि त्यही आमा नखोज्ने संदिपको भनाई छ । आमाले आफुहरुलाई माया नगर्ने भएकोले आफुहरुलाई वास्ता नलाग्ने छोरिहरु बताउँछन ।
आफू बिदेश बसेर आए पछि घर जग्गा किन्नु पर्छ भनेर सल्लाह गरेर श्रीमती बिदेश गएको सन्दीपले बताएका छ्न । जादा लागेको ऋण १ लाख १५ हजार भने मिराले पठाएको तर अन्य पैसा भने नपठाएको सन्दिपले बताएका छ्न । अहिले आफू कृषि औजार बनाउने काम गरि बसेको उनले बताए ।
दुबई भएको आफ्नै गाउँको भाइलाई आफुले फोन गरि श्रीमतिको बारेमा सोधपुछ गर्दा मिराले सन्दीपलाई आफू नचिन्ने भन्ने गरेको ती भाईले आफुलाई बताएको सन्दिपको भनाई छ । आफू अब सन्दिपलाई पनि नचिन्ने र अब त्यो ठाउँमा पनि नजाने भनी आफ्नो गाउँको भाईहरुलाई मिराले भन्ने गरेको उनिहरुले आफुलाई बताएको सन्दिपको भनाई छ ।
सासू आमालाई फोन गरेर सम्पर्क गराईदिनु भन्दा ६/७ महिना देखि सासुआमा पनि सम्पर्क बिहिन भएको सन्दीपले बताएका छ्न । श्रीमान तथा घर परिवारको वास्ता नभएता पनि आफुले जन्माएका छोरिहरुको माया भने हुनु पर्ने सन्दिप बताउँछन ।
दुबै मै रहेका भाइहरुलाई मिराले छोराछोरीको कुनै मतलब नभएको भन्ने गरेको उनले बताए । अहिले श्रीमती अर्कैसगँ लागेको हुन सक्ने उनको भनाई छ । दुर्गा राज भन्ने एक केटाको फेसबुकमा मिराको फोटो लगाएको आफुले भेटेको सन्दीपले बताएका छ्न । उनले श्रीमतिलाई एकपटक सम्पर्क आएर कुरा स्पष्ट कुरा गरेर जान आग्रह गरेका छन । (भिडियो हेर्नुस)











प्रतिक्रिया