नवलपरासीको कावासोतीमा मृत फेला परेका अटो चालकको ह’त्या भएको आशंका प्रहरीले गरेको छ । कावासोती नगरपालिका–१३ नयाँबस्ती गैरीमा बसोबास गर्ने ५२ बर्षीय अटो चालक माधवप्रसाद गिरिको श’व घरदेखि नजिकै पर्ने तलाउमा फेला परेको थियो ।
सो प्रकरणमा एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यद्यपि प्रहरीले उनको पहिचान खुलाएको छैन । जिल्ला प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले एक जना व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको बताए ।
यसैबीच कावासोती नगरपालिका वडा नम्बर १३ का अध्यक्ष विनोद राना मगरले मृतकको बायाँ पट्टिको टाउकोमा चोट देखिएको र आँखामा पनि रगत जमेको पाइएको बताए । तालिम प्राप्त कुकुरकै सहायताबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको र छिट्टै घटनाको वास्तविकता खुल्ने विश्वास व्यक्त गरे ।











प्रतिक्रिया