मुख्य खवर

माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि हुने


२७ माघ २०७८, बिहिबार ००:००


माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा हुने भएको छ ।

वैशाख ९ गतेदेखि परीक्षा गर्न लागेको बोर्डले जनाएको छ । यस वर्षको एसईईमा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने बोर्डको अनुमान छ । बोर्डले वैशाख ९ देखि २० गतेसम्मका लागि परीक्षाको तालिका ल्याएको छ । ११ दिन सञ्चालन हुने एसईईमा पहिलो दिन अग्रेजी र अन्तिममा प्राविधिक विषयको परीक्षा हुने छ ।

प्रकाशित : २७ माघ २०७८, बिहिबार ००:००